साफ महिला च्याम्पियनशिप खेल्न श्रीलङ्काको टोली पनि नेपाल आइपुग्यो

 असोज २९, २०८१ मंगलबार १८:२९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एन्फा

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप फुटबलका लागि श्रीलङ्काको टोली पनि नेपाल आइपुगेको छ । श्रीलङ्काको टोली आज दिउँसो काठमाण्डौ आइपुगेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

साफ महिला च्याम्पियनशिप खेल्न आइपुग्ने श्रीलङ्का चौथो टोली बनेको छ । यसअघि आजै बङ्गलादेशको टोली काठमाण्डौ आइपुगेको छ । हिजो माल्दिभ्सको टोली र अस्ति आइतवार पाकिस्तानको टोली काठमाण्डौ आइपुगेको छ । अब भारत र भुटानको टोली आउन बाँकी छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने महिला साफ च्याम्पियनशिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश गरी सात वटा देशले प्रतिस्पर्धा गर्नेछन् । सात वटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स र भुटान पनि छन् । यस्तै समूह ‘ए’ मा भारत, पाकिस्तान र बङ्गलादेश छन् ।

नेपालमा तेस्रो पटक आयोजना हुन लागेको प्रतियोगिता कात्तिक १४ गतेसम्म चल्ने छ । प्रतियोगिताको उद्घाटन खेलमा कात्तिक १ गते भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । आयोजक नेपालले भने कातिक २ गते भुटानसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्ने छ ।

नेपाल अहिलेसम्म पाँच पटक साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । महिला साफ च्याम्पियनशिपको सबैभन्दा सफल टोली भारतले पाँच पटक उपाधि जितेको छ । यस्तै बङ्गलादेशले एक पटक उपाधि जितेको छ ।

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया