महिला टी–२० विश्वकप क्रिकेट : वेस्ट इन्डिज सेमिफाइनलमा, इङ्गल्यान्ड ६ विकेटले पराजित

 असोज ३०, २०८१ बुधबार ६:३७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा इङ्गल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सेमिफाइनलमा प्रवेश गरेको छ । हिजो भएको समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले इङ्गल्यान्डलाई ६ विकेटले हराएको हो ।

दुबईमा इङ्गल्यान्डले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १८ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको इङ्गल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर एक सय ४१ रन बनाएको थियो ।

यो खेलसँगै महिला टी–२० विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ‘ए’ बाट अस्ट्रेलिया शीर्ष स्थानमा रहँदै र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेका छन् । समूह ‘बी’ बाट वेस्ट इन्डिजसँगै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको छ ।

महिला टी–२० विश्वकपको पहिलो सेमिफाइनल भोलि बिहिवार  र दोस्रो सेमिफाइनल पर्सि शुक्रवार हुनेछ । यस्तै फाइनल खेल आउँदो आइतवार हुनेछ । 
 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया