आईसीसीले च्याम्पियन्स ट्रफीका लागि 'हाइब्रिड' मोडल प्रस्ताव गर्ने...
मंसिर १२, २०८१ बुधबार
इंग्लिस क्लब म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड युरोपेली च्याम्यिपन्स लिगको प्रिक्वार्टर फाइनलमा पुगेका छन् । मंगलबार राति भएको समूह चरणको पाँचौं खेलमा सिटीले फ्रान्सको ओलम्पिक लियोनलाई बराबरीमा रोक्दै अन्तिम १६ को यात्रा पक्का गर्याे ।
म्यान्चेष्टर युनाइटेडले भने स्वीट्जरल्याण्डको योङ ब्वइजलाई हराउँदै प्रिक्वार्टर फाइनलमा स्थान बनायो ।
ओलम्पिक लियोनको मैदानमा भएको खेलमा सर्जियो एग्युरोले गोल गरेपछि सिटीले लियोनलाई २–२ गोलको बराबरीमा रोक्यो । पहिलो हाफ गोलरहित बनेको खेलको ५५औं मिनेटमा म्याक्सवेल कर्नेटले गोल गर्दै लियोनलाई अग्रता दिलाए । उनले मेम्फिस डिपेईको पासलाई गोलमा परिणत गरेका थिए । त्यसको सात मिनेटभित्रै एमेरिक लापोर्तेले सिटीका लागि गोल गर्दै खेल बराबरीमा पुर्याए ।
८१औं मिनेटमा पुनः डिपेईको पासमा गोल गर्दै कर्नेटले लियोनलाई अग्रता दिलाए । यसपटक पनि उनले डिपेईको पासमा गोल गरेका थिए । तर तीन मिनेट पनि बित्न नपाउँदै सिटीले पुनः बराबरी गर्यो । यस पटक सिटीका लागि सर्जियो एग्युरोले गोल गरेका थिए ।
जितसँगै सिटी समूह एफबाट पाँच खेलमा १० अंक जोड्दै प्रिक्वार्टर फाइनलमा पुग्यो । लियोनले भने अन्तिम खेल कुर्नु पर्नेछ । अन्तिम खेलमा उसले युक्रेनको शाक्टार डोनेस्ट्कसँग खेल्नेछ । जुन खेलमा लियोनले घरेलु टिमलाई कम्तिमा बराबरीमा रोक्नु पर्नेछ ।
युनाइटेडले भने स्वीट्जरल्याण्डको योङ ब्वइजलाई १–० ले हराउँदै समूह उपविजेताका रुपमा प्रिक्वार्टर फाइनलमा पुगेको छ । मेराउने फेलानीले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरेपछि युनाइटेड एक खेल अगावै अन्तिम १६ मा स्थान बनाउन सफल भयो । समूह एफबाट युभेन्टस यसपनि प्रक्वार्टर फाइनलमा पुगेको छ ।
युभेन्टसले स्पेनिस क्लब भ्यालेन्सिलाई १–० ले हरायो । युभेन्टसको जितमा मारियो मान्जुकिचले गोल गरेका थिए । रोनाल्डोको पासमा उनले गोल गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।