एशेज शृङ्खलाको तालिका सार्वजनिक, पहिलो खेल पर्थमा हुने

 असोज ३०, २०८१ बुधबार १२:५८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – क्रिकेट अस्ट्रेलियाले एशेज क्रिकेट शृङ्खला २०२५/२६ को तालिका सार्वजनिक गरेको छ । पाँच खेलको शृङ्खलाको पहिलो खेल आउँदो नोभेम्बर २१ देखि २५ सम्म पर्थमा हुनेछ ।

यस्तै शृङ्खलाको दोस्रो खेल दिन र रातमा हुनेछ । यो खेल डिसेम्बर ४ देखि ८ सम्म ब्रिस्बेनमा हुनेछ । यस्तै तेस्रो खेल डिसेम्बर १७ देखि २१ सम्म एडिलेडमा हुनेछ । यस्तै मेलबर्नमा डिसेम्बर २६ देखि ३० सम्म ‘बक्सिङ डे’ टेस्ट हुनेछ र शृङ्खलाको पाँचौँ तथा अन्तिम खेल जनवरी ४ देखि ८ सम्म सिड्नीमा हुनेछ ।

यसअघि पारम्परिक रूपमा एडिलेडमा दिन र रातको टेस्ट आयोजना हुन्थ्यो तर अब यो ब्रिस्बेनमा हुनेछ । यस्तै एशेज शृङ्खलाको पहिलो खेल ब्रिस्बेनमा आयोजना हुने गरेकोमा अब पर्थमा हुनेछ ।

सन् १९८२/८३ पछि पहिलो पटक एशेज शृङ्खलाको पहिलो खेल ब्रिस्बेनको सट्टा पर्थमा हुने लागेको हो ।

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया