धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्ट क्रिकेटको पहिलो दिनको खेल वर्षाका कारण रद्द भएको छ । भारतको बेङ्गलुरुमा वर्षाका कारण पहिलो टेस्टको टस पनि हुन सकेन ।
यसैबीच भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भोलि टेस्टको दोस्रो दिन ९८ ओभरको खेल हुने र टस बिहान ९ बजे हुने जनाएको छ । यस्तै खेल साढे ९ बजे शुरू हुनेछ ।
भारत र न्युजिल्यान्डबीच तीन खेलको टेस्ट क्रिकेट शृङ्खला आजदेखि शुरू भएको हो । शृङ्खलाको दोस्रो खेल आउँदो अक्टोबर २४ देखि पुनेमा र तेस्रो तथा अन्तिम खेल नोभेम्बर १ देखि मुम्बईमा शुरू हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।