विश्वव्यापी चर्चित पप गायक लियाम पेनको अर्जेन्टिनाको होटलबाट खसेर ज्यान गयो

 कात्तिक १, २०८१ बिहीबार १२:१३:१० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – चर्चित पप ब्याण्ड ‘वन डाइरेक्शन’ का पूर्वसदस्य गायक लियाम पेनको ३१ वर्षको उमेरमा ज्यान गएको छ । अर्जेन्टिनामा ब्यूनस आयर्सको एक होटलको तेस्रो तल्लाबाट खसेर लियाम पेनको ज्यान गएको बीबीसीले जनाएको छ । पालेर्मोको कोस्टारिका स्ट्रिटमा रहेको होटलमा यो दुर्घटना भएको हो । यसै महिनामा उहाँले अर्जेन्टिनामा भएको एक कन्सर्टमा आफ्नो प्रस्तुति दिनुभएको थियो ।

बेलायतमा जन्मिएका लियाम सन् २०१० मा आफ्नै देशको रियालिटी शो ‘द एक्स फ्याक्टर’ मा सहभागी भएपछि उहाँसहित जयान मालिक, ह्यारी स्टाइल, लौइस टमलिनसन र नियाल होरानले ‘वन डाइरेक्शन’ नामक पप ब्याण्ड बनाउनुभएको थियो । यो ब्याण्ड २०१६ मा निष्क्रिय भएको थियो ।

पाँच वटा एल्बल निकालेको यस ब्याण्डले २०१३ मा निकालेको तेस्रो एल्बम मिडनाइट मेमोरिज २०१३ विश्वभर धेरै बिक्री भएको एल्बम बनेको थियो ।

लियामको निधन भएको खबर फैलिएपछि प्रशंसकहरू ब्यूनस आयर्सको होटल बाहिर भेला भएका छन् । श्रद्धाञ्जलीका लागि ठूलो भीड जम्मा भएका कारण प्रहरीले होटलको प्रवेशद्वार बन्द गर्नुपरेको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया