नागरिकले फ्याँकिसकेको राजतन्त्र आउने भ्रम पाल्नु हुँदैन : प्रधा...
चैत ३०, २०८१ शनिबार
कैलाली – कर्णाली नदीले बगाएर ल्याएको काठ बगेर भारततर्फ जाने गरेका छन् भने नदी किनारमा रोकिएका पनि कुहिएर खेर गइरहेको छ । नदीले बगाएर ल्याएको काठ दाउरा स्थानीयबासिन्दाले सङ्कलन गर्न नपाउँदा बर्षेनी करोडौं रुपैयाँ बराबरका काठदाउरा कर्णालीमै बग्ने गरेका हुन् ।
टीकापुरको फाटा गाउँका दानबहादुर चौधरी दाउरा सङ्कलन गरेबापत आफूलाई प्रहरीले धेरैपटक केरकार गरेका र अलि ठूला गोलिया निकाल्नेले मुद्धा नै सहनुपरेको बताउनुहुन्छ । कर्णाली नदी तिब्बतबाट नेपालमा हुम्ला बाजुरा, कालीकोट, दैलेख, अछाम, सुर्खेत, कैलाली र बर्दियाको सिमाना भएर भारतको गङ्गा नदीमा मिसिन्छ । ठूली भेरी, सानी भेरी, तिला, बूढीगङ्गा र सेतीजस्ता ठूला नदी यसका सहायक नदी हुन् ।
कर्णाली र यसका सहायक नदी तटीय क्षेत्रमा घना वनजङ्गल रहेको छ । जहाँ खयर, सिसौ, साल, हल्दु, असनालगायत मूल्यवान प्रजातिका रुख पाइन्छन् । नदी कटानले ल्याएका रुख वर्षात्मा बगेर भारत पुग्छन् तर स्थानीयलाई तिनको सदुपयोग गर्नबाट बञ्चित गरिँदै आएको छ ।
वन ऐन, २०७६ र सुदूरपश्चिम प्रदेश वन ऐनले नदीले बगाएर ल्याएका काठ कसैको हक प्रमाण नपुगेमा सरकारी निकायले लिलाम बिक्री गर्ने व्यवस्था गरेको छ । तर न त सरकारी निकायले सङ्कलन र लिलाम बिक्री गर्छन् न त स्थानीयलाई प्रयोग गर्न दिन्छन् । यही कारण कर्णाली नदीमा वर्सेनि करोडौं मूल्य बराबरका मूल्यवान काठ बगिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।