महिला टी–२० विश्वकपमा दक्षिण अफ्रिका फाइनलमा, अष्ट्रेलिया ८ विकेटले पराजित

 कात्तिक २, २०८१ शुक्रबार ६:४०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – महिला टी–२० विश्वकप २०२४ को पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई आठ विकेटले हराएको छ । हिजो दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा अष्ट्रेलियाले दिएको एक सय ३५ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७ ओभर दुई बलमा दुई विकेट गुमाएर पूरा गर्‍याे । पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ३४ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाको टोलीले प्रतियोगिताको फाइनलमा लगातार दोस्रो पटक स्थान बनाएको हो । योसँगै टी–२० विश्वकपको इतिहासमा दक्षिण अफ्रिकाले पहिलो पटक छ पटकको विजेता अष्ट्रेलियाको टोलीलाई हराएको छ । महिला टी–२० विश्वकपमा आज हुने दोश्रो सेमिफाइनल खेलमा न्युजिल्यान्ड र वेस्ट इन्डिज खेल्दैछन् । फाइनल खेल आउँदो पर्सि आइतवार हुनेछ ।

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया