वैदेशिक रोजगारीमा जाने घटे

 कात्तिक २, २०८१ शुक्रबार ९:६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको तीन महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको छ । चालू आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोजमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिनेको सङ्ख्या एक लाख ६२ हजार तीन सय ९४ रहेको छ । यसमा नयाँ कामको खोजीमा म्यानपावरमार्फत रोजगारीका लागि विदेश जानेको सङ्ख्या ८७ हजार सात सय ६३ जना रहेको छ ।

गएको आर्थिक वर्षको साउनदेखि असोजसम्ममा दुई लाख दुई हजार एक सय ४८ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए । यसैगरी चालू आर्थिक वर्षको तीन महिनामा नेपाल आइ पुनः वैदेशिक रोजगारीका लागि जानेको सङ्ख्या भने ४९ हजार दुई सय ९७ जना रहेको छ ।

चालू आर्थिक वर्षको तीन महिनामा वैदेशिक रोजगारीमा जाने श्रमिकमध्ये २१ हजार दुई सय ४९ जना महिला श्रमिक रहेका छन् । असोज महिनामा ४७ हजार चार सय ४३ पुरुष र छ हजार ८२ जना महिला गरी ५३ हजार पाँच सय २५ नेपाली रोजगारीका लागि विदेश गएका छन् । असोजमा वैदेशिक रोजगारीको लागि धेरै नेपालीहरु खाडीको देश गएका छन् । असोजमा १७ हजार नेपाली युएईमा, १० हजार साउदीमा, नौ हजार सात  सय कतारमा र तीन हजार आठ सय नेपाली कुवेतमा गएका छन् । 

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया