हमासका मुख्य नेता सिनवार मारिएको घटनाप्रति विश्व समुदायको ध्यानाकर्षण

 कात्तिक २, २०८१ शुक्रबार ९:३५:५४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायलले हमास नेता याह्या सिनवार मारेको दाबी गरेसँगै विश्व समुदायको प्रतिक्रिया आउन थालेको छ । इजरायलले डिएनए परिक्षणपछि हमासका मुख्य नेता याह्या सिनवार मारिएको पुष्टि गरे लगत्तै विभिन्न देशले यसबारे प्रतिक्रिया दिन थालेका अन्तराष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ । इजरायली सुरक्षा बल आइडीएफले गएराति विज्ञप्ति निकालेर अस्ति बुधवार दक्षिणी गाजामा गरेको आक्रमणमा सिनवार मारिएको दाबी गरेको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सिनवारको ज्यान जानु इजरायलीहरूका लागि राहतको क्षण भएको भन्दै छिट्टै प्रधानमन्त्री बेञ्जामिन नेतान्याहु र अन्य इजरायली नेताहरूसँग बन्धकहरूको विषयमा छलफल गर्न र यो युद्ध सधैंको लागि अन्त्य गर्नका लागि वार्ता गर्ने बताउनुभएको छ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सिनवारको ज्यान जानु अन्ततः गाजामा युद्ध समाप्त गर्ने मौका भएको बताउनुभएको खबरमा उल्लेख छ ।

जर्मनीकी विदेशमन्त्री एनालेना बेरबकले सिनवारलाई क्रूर हत्यारा र विद्रोहीको संज्ञा दिँदै हमासको नियन्त्रणमा रहेका सबै बन्धकहरूलाई तुरुन्त रिहा गरि हतियार विसाउनुपर्ने बताउनुभएको छ । फ्रान्साका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि गाजामा हमासले राखेका  बन्धकहरुलाई रिहा गर्न आह्वान गर्नुभएको छ ।

इटालीका विदेश मन्त्री एन्टोनियो ताजानीले इजरायलले आत्मरक्षाका लागि हामासका सैन्य नेता मारेको भन्दै अब गाजामा युद्धविराम हुने विश्वास व्यक्त गर्नुभएको छ । वेलायतले विद्रोही नेताले ज्यान गुमाएको भन्दै इजरायललाई बधाई दिएको छ । 

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया