अघोषित लोडसेडिङको मारमा डोटीका बासिन्दा

 जेठ २९, २०७५ मंगलबार १३:३६:४५ | विमल बिष्ट
unn.prixa.net

केही दिनदेखि डोटी जिल्लाका वासीन्दाहरु अघोषित लोडसेडिङको मारमा परेका छन् । लोडसेडिङ मुक्त क्षेत्र भनेर विद्युतका कर्मचारीहरुले जानकारी दिइरहे पनि डोटीलगायत ७ प्रदेशका अन्य विभिन्न जिल्लाहरुमा दैनिक लोडसेडिङ भैरहेको छ । 

चर्को गर्मीमा लोडसेडिङ हुन थालेपछि दिपायल तथा सिलगढीवासीको दैनिकी कष्टकर बन्न थालेको छ । डोटीमा क्षमता भन्दा बढी विद्युत प्रसारण लाईन वितरण गरिएका कारण दैनिक रुपमा विद्युत कटौती हुन थालेको नेपाल विद्युत प्राधिकरण दिपायलका इन्जिनियर उमेश कठायतले बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो जिल्लामा क्षमता भन्दा बढी विद्युत लाईन विस्तार भएको छ, बत्तिको पावरले धान्दैन अनि लाईन फल्ट भएर काट्नपर्ने हुन्छ ।’ त्यस्तै ११ सय केभिए क्षमताको बिद्युत प्रसारण कैलालीको अत्तरीया बाट सिधै दिपायल जोडिएको र दिपायलबाट त्यहि लाईनबाट अछामलगायतका अन्य ठाउँहरुमा विद्युत दिने गरेका कारण पनि समस्या भएको इन्जिनियर कठायतले बताउनुभयो । 

‘एउटै फेडरबाट डोटी र अछाममा विद्युत वितरण गरिएका कारण डोटीलगायतका जिल्लामा समस्या भएको हो उहाँले भन्नुभयो, ‘हामीले जिल्लाका चवराचौतारा र मौवामा सबस्टेसन बनाउदै छाैँ, अछामले पनि आफनो छुट्टै ११ सय केभिएको लाईन तान्ने तयारी गरेको छ, यी काम पूरा भए डोटीको बिद्युत समस्या समाधान हुनेछ ।’ 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया