वेस्ट इन्डिजसँगको टी–२० शृङ्खला श्रीलङ्काले जित्यो

 कात्तिक २, २०८१ शुक्रबार १२:२०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

वेस्ट इन्डिजसँगको टी–२० शृङ्खला श्रीलङ्काले जितेको छ । गएराति भएको तेश्रो तथा अन्तिम टी–२० खेलमा वेस्ट इन्डिजलाई नौ विकेटले हराउँदै शृङ्खला जितेको हो । वेस्ट इन्डिजले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभरमा एक विकेट मात्र गुमाएर भेट्टायो ।

श्रीलङ्ककाका लागि कुशल मेन्डिसले अविजित ६८ र कुशल परेराले अविजित ५५ बनाउँदै टिमलाई जीत दिलाएका हुन् । वेस्ट इन्डिजका गुडाकेश मोतीले एक विकेट लिए ।

त्यसअघि दम्बुल्लामा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले आठ विकेट गुमाएर एक सय ६१ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि कप्तान रोभम्यान पावेलले सर्वाधिक ३७ रन बनाए । श्रीलङ्काका महेश थेक्षाना र वानिन्दु हसरङ्गाले समान दुई विकेट लिए ।

यसअघि पहिलो टी–२० खेलमा श्रीलङ्का वेस्ट इन्डिजसँग पाँच विकेटले पराजित हुँदा दोश्रो खेलमा ७३ रनले विजयी भएको थियो । अब श्रीलङ्का र वेस्ट इन्डिजबीचको तीन खेलको एकदिवसीय शृङ्खला पर्सि आइतवारदेखि पल्लेकेलेमा शुरू हुनेछ ।

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया