पाकिस्तानले दाेस्राे टेस्टमा इङ्गल्यान्डलाई १ सय ५२ रनले हरायाे

 कात्तिक २, २०८१ शुक्रबार १५:०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्रिकइन्फाे

काठमाण्डाै – इङ्गल्यान्डसँगको दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तान १ सय ५२ रनले विजयी भएको छ । पाकिस्तानले घरेलु मैदानमा ११ टेस्ट खेलपछि पहिलो जीत हासिल गरेको हो ।

पाकिस्तानले दिएको दुई सय ९७ रनको लक्ष्य पछ्याएको इङ्गल्यान्ड चौथो दिनको खाना समयअघि १ सय ४४ रनमै अलआउट भयो । दोस्रो पारीमा इङ्गल्यान्डका कप्तान बेन स्टोक्सले सबैभन्दा धेरै ३७ रन बनाए । पाकिस्तानका नोमान अलीले ८ विकेट लिए । दोस्रो पारीमा पाकिस्तानले सलमान अघाको अर्धशतकको मद्दतमा २ सय २१ रन बनाए । इङ्गल्यान्डका शोएब बशिरले ४ विकेट लिए ।

घरेलु मैदान मुल्तानमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले पहिलो पारीमा कमरन गुलामको शतक र सइम अयुबको अर्धशतकको मद्दतमा ३ सय ६६ रन बनाएको थियो । इङ्गल्यान्डका ज्याक लिचले ४ विकेट लिए । यस्तै इङ्गल्यान्डले पहिलो पारीमा बेन डकेटको शतकको मद्दतमा २ सय ९१ रन बनाएको थियो । पाकिस्तानका सजिद खानले ७ विकेट लिए ।

दोस्रो टेस्ट पाकिस्तानले जितेसँगै तीन खेलको शृङ्खलामा १–१ को बराबरी भएको छ । पहिलो टेस्ट इङ्गल्यान्डले एक पारी र ४७ रनले जितेको थियो । पाकिस्तान र इङ्गल्यान्डबीचको अन्तिम टेस्ट आउँदो बिहीवारदेखि रावलपिन्डीमा शुरू हुनेछ ।

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया