सन्दीपलाई अमेरिकाले भिसा दियो, आजै बेलुका जाँदै

 कात्तिक २, २०८१ शुक्रबार १५:१७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । सन्दीपलाई अमेरिकाले भिसा दिएको र उनी आजै त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

सन्दीपले अमेरिकामा आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला खेल्नेछन् । नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको त्रिदेशीय शृङ्खला यही कात्तिक ९ गतेदेखि कात्तिक १९ गतेसम्म सञ्चालन हुँदैछ ।

अहिले अमेरिका र नेपालबीच तीन खेलकाे टी–२० शृङ्खला चलिरहेकाे छ । याे शृङ्खलाकाे पहिलाे खेल नेपालले जितेकाे छ । टी–२० शृङ्खलापछि लिग–२ काे खेल शुरू हुनेछ । लिग–२ मा नेपालले आफ्नो पहिलो खेल यही कात्तिक ११ गते अमेरिकासँग खेल्नेछ । यस्तै दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, तेस्रो खेल कात्तिक १७ गते अमेरिकासँग र चौथो खेल कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्ने तालिका छ ।

यसअघि अमेरिकाले भिसा नदिएका कारण सन्दीप आईसीसी टी–२० विश्वकप अन्तर्गत अमेरिकामा भएका खेलहरूमा सहभागी भएका थिएनन् ।

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया