साफ महिला च्याम्पियनशिपमा श्रीलङ्काले माल्दिभ्सलाई हरायो

 कात्तिक २, २०८१ शुक्रबार १५:४७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एन्फा

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप फुटबलमा श्रीलङ्काले विजयी शुरुआत गरेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १–० गोलले हरायो । श्रीलङ्काकी इमेशा वर्नाकुलासुरियाले गोल गरिन् । यो जीतसँगै श्रीलङ्काले ३ अङ्क जोडेको छ ।

प्रतियोगितामा आजै आयोजक नेपाल र भुटान खेल्दैछन् । याे खेल अहिले बेलुकी साढे ५ बजे दशरथ रङ्गशालामा शुरू हुनेछ ।

साफ महिला च्याम्पियनशिपको समूह ‘ए’ मा भारत, बङ्गलादेश र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा आयोजक नेपालसहित माल्दिभ्स, श्रीलङ्का र भुटान छन् । हिजोदेखि शुरू भएको प्रतियोगिता कात्तिक १४ गतेसम्म चल्ने छ ।

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया