छात्रामाथि बलात्कार भएको खबर सामाजिक सञ्जालमा फैलिएपछि पाकिस्तानको पञ्जाबमा विद्यार्थीको प्रदर्शन

 कात्तिक २, २०८१ शुक्रबार १८:२९:४० | एजेन्सी
unn.prixa.net

तस्वीर : एपी

पाकिस्तानको पञ्जाब प्रान्तमा विद्यार्थीहरूको प्रदर्शन चर्किएपछि प्रशासनले भोलिदेखि लागू हुने गरी शैक्षिक संस्थाहरू बन्द गराएको छ । प्रदर्शन चर्केसँगै पञ्जाब प्रान्तका अधिकारीहरूले भोलि र पर्सि सार्वजनिक ठाउँमा भेला हुन रोक लगाउँदै शैक्षिक संस्थाहरू बन्द गराएका समाचार संस्था एएफपीले जनाएको छ ।

विद्यालय बन्द गरिएसँगै पञ्जाब प्रान्तका साढे दुई करोडभन्दा धेरै बालबालिको पठनपाठन प्रभावित भएको छ । प्रान्तीय राजधानी लाहोरमा पञ्जाब कलेज फर वुमेनको भवनको पार्किङस्थलमा एक छात्रामाथि बलात्कार भएको समाचार सामाजिक सञ्जालमा फैलिएपछि विद्यार्थीहरूको प्रदर्शन शुरू भएको हो । तर प्रहरी, कलेज र प्रान्तीय सरकारले कुनै पनि पीडित नभेटिएको र सामाजिक सञ्जालमा फैलिएको सूचना गलत भएको दाबी गरेका छन् ।

लाहोरमा रहेको पञ्जाब ग्रुप अफ कलेजका निर्देशक आरिफ चौधरीले घटनासँग सम्बन्धित कोही पनि व्यक्ति नभेटिएको र त्यस्तो घटना भएको भए आफू विद्यार्थीको साथमा उभिने बताउनुभएको छ । लाहोरसँगै रावलपिन्डीका क्याम्पसहरूमा पनि प्रदर्शन फैलिएको छ । प्रदर्शनकारीहरूले क्याम्पस र गाडीमा आगजनी गरेका छन् ।

प्रदर्शनका क्रममा कैयौं ठाउँमा विद्यार्थी र प्रहरीबीच झडप भएका छन् । प्रदर्शनमा तोडफोड र आगजनी गरेको आरोपमा तीन सय ८० जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया