बाढीले क्षति पुर्‍याएकाे काबेली करिडोर प्रसारण लाइन तिहारअघि सञ्चालनमा ल्याउने लक्ष्य

 कात्तिक २, २०८१ शुक्रबार १८:१३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इलामको माईखोलामा आएको बाढीले क्षति पुर्‍याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण धमाधम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा बिजुली जोडिएका निजी क्षेत्रका २० वटा जलविद्युत् आयोजनाले संयुक्त रूपमा प्रसारण लाइन पुनर्निर्माण तथा पुनर्स्थापनाको काम गरिरहेका छन् ।

प्रसारण लाइन पुनर्निर्माण तथा पुनस्र्थापना तिहारअघि नै सम्पन्न गर्ने गरी काम भइरहेको छ । प्राधिकरणले प्रसारण लाइनका पाटपूर्जा लगायतका सामग्रीहरू उपलब्ध गराएको छ । निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूले श्रम लागतलगायतका खर्च बेहोरेका छन् ।

गएको असोज १२ गते माईखोलामा आएको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका वडा नम्बर १ र ७ धोद्रेबेंसीमा चार वटा टावरमा क्षति पुर्‍याएको थियो ।

ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका २० वटा जलविद्युत् आयोजनाको झन्डै दुई सय मेगावाट बिजुली प्रवाह हुने काबेली प्रसारण लाइनमा क्षति पुगेपछि बिजुली उत्पादन बन्द छ । बिजुली उत्पादन बन्द हुँदा निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूले दैनिक रुपमा आम्दानी गुमाइरहेका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पुनर्निर्माणस्थलको अनुगमन गरी तोकिएकै समयमा काम सम्पन्न गर्न आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया