साफ महिला च्याम्पियनशिपमा नेपाल र भुटानबीच गोलरहित बराबरी

 कात्तिक ३, २०८१ शनिबार ५:५५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एन्फा

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप फुटबल अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ ।

साफ च्याम्पियनशिपकै इतिहासमा नेपालको यो पहिलो बराबरी हो । यसअघि साफको ६ संस्करणमा समूह चरणको सबै खेलमा नेपालले कम्तीमा १ गोल गरेको थियो । दशरथ रङ्गशालामा हिजाे भएको खेलमा नेपालले धेरैजसो समय बल नियन्त्रणमा राखे पनि गोल गर्न भने सकेन ।

समूह 'बी' अन्तर्गत हिजै भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १–० ले हरायो । श्रीलङ्का ३ अङ्कका साथ समूहको शीर्षस्थानमा छ । नेपाल र भुटान १/१ अङ्कसहित दोस्रो र तेस्राे स्थान तथा माल्दिभ्स अङ्कविहीन हुँदै पुछारमा छ ।

प्रतियोगिताअन्तर्गत भोलि बेलुका साढे ५ बजे समूह 'ए' का बङ्गलादेश र पाकिस्तान खेल्नेछन् ।

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया