वेस्ट इन्डिजलाई ८ रनले हराउँदै न्युजिल्यान्ड महिला टी–२० विश्वकपकाे फाइनलमा

 कात्तिक ३, २०८१ शनिबार ६:२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्रिकइन्फाे

काठमाण्डाै – वेस्ट इन्डिजलाई आठ रनले हराउँदै न्युजिल्यान्ड आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

न्युजिल्यान्डले दिएकाे १ सय २९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय २० रनमात्रै बनाउन सक्याे । वेस्ट इन्डिजका लागि दिन्द्रा डोटिनले सर्वाधिक ३३ रन बनाइन् । न्युजिल्यान्डका लागि इडन कार्सनले ३ विकेट लिइन् ।

त्यसअघि यूएईको शारजहामा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो । न्युजिल्यान्डकी जर्जिअ प्लिमेरले ३३ रन बनाइन् । वेस्ट इन्डिजकी दिन्द्रा डोटिनले ४ विकेट लिइन् ।

न्युजिल्यान्ड तेस्रो पटक फाइनलमा पुगेको हो । न्युजिल्यान्डले उपाधिका लागि भोलि दक्षिण अफ्रिकासँग खेल्नेछ । दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा अस्ति बिहीवार साविक विजेता अस्ट्रेलियालाई हराउँदै दोस्रो पटक फाइनलमा पुगेको थियो ।

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया