विपद् प्रभावित पालिकालाई वर्गीकरण गरी राहत उपलब्ध गराइने, कुन पालिकालाई कति ?

 कात्तिक ३, २०८१ शनिबार ६:१९:५१ | रासस
unn.prixa.net

तस्वीर : प्रधानमन्त्रीकाे सचिवालय

काठमाण्डाै – सरकारले विपद् प्रभावित पालिकाहरूलाई क्षतिका आधारमा तीन वर्गमा वर्गीकरण गरी राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

सरकारले पछिल्लो बाढी पहिरो र डुबानबाट अति प्रभावित पालिकालाई एक करोड, मध्यम प्रभावित पालिकालाई ७५ लाख र सामान्य प्रभावित पालिकालाई ५० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमार्फत उपलब्ध गराउने निर्णय गरेको हो ।

अतिप्रभावित पालिकामा काभ्रेपलाञ्चोकको रोशी, तेमाल र बेथानचोक गाउँपालिका तथा पनौती र नमोबुद्ध नगरपालिकालाई एक करोड रुपैयाँ दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यसैगरी ललितपुरको अति प्रभावित महाङ्काल, कोञ्ज्योस्योम, बाग्मती गाउँपालिका तथा गोदावरी नगरपालिकालाई एक करोड रुपैयाँ दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

७५ लाख रुपैयाँ पाउने पालिकाहरूमा पाँचथरको फिदिम गाउँपालिका, धादिङको धुनीबेशी नगरपालिका, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका, भुम्लु र चौँरी देउराली, खानीखोला र महाभारत गाउँपालिका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, सिन्धुलीको गोलञ्जोर र सुनकोशी गाउँपालिका, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका र उदयपुरको बेलका नगरपालिकालाई पनि ७५ लाख रुपैयाँ दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

इलामको सन्दकपुर गाउँपालिका, ओखलढुङ्गाको चम्पादेवी, सुनकोशी र मानेभञ्ज्याङ गाउँपालिका, खोटाङको हलेसी तुवाचुङ नगरपालिका र खोटेहाङ, जन्तेढुङ्गा गाउँपालिका, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका, चितवनको इच्छाकामना गाउँपालिका, माडी नगरपालिका, भरतपुर महानगरपालिका, दोलखाको बिगु र शैलुङ गाउँपालिकाले ५० लाख रुपैयाँ राहत पाउने निर्णय भएको छ ।

यसैगरी दोलखाको गौरीशङ्कर, धादिङको बेनीघाट रोराङ, नेत्रावती डबजोङ, गजुरी र खनियाबास गाउँपालिकाले पनि ५० लाख राहत पाउने निर्णय भएको छ । पाँचथरको फाल्गुनन्द र फालेलुङ गाउँपालिका, मकवानपुरको भीमफेदी र बकैया गाउँपालिका, महोत्तरीको बर्दिबास र गौशाला नगरपालिका, रामेछापको रामेछाप नगरपालिका, दोरम्बा शैलुङ, खाँडादेवी, गोकुलगङ्गा, उमाकुण्ड, लिखु तामाकोशी, सुनापाथी गाउँपालिका र मन्थली नगरपालिकाले पनि ५० लाख रुपैयाँ राहत पाउने भएका छन् ।

रौतहटको राजपुर र गढीमाई नगरपालिका, दुर्गाभगवती गाउँपालिका, परोरा नगरपालिका, राजदेवी नगरपालिकालाई पनि ५० लाख राहत दिने निर्णय भएको छ । सप्तरीको बलान केबुल गाउँपालिका, बलरा नगरपालिका, सर्लाहीको बाग्मती नगरपालिका, सिन्धुपाल्चोकको जुगल र बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई पनि ५० लाख रुपैयाँ राहत उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

सिन्धुलीको फिक्कल र हरिहरपुरगढी गाउँपालिका, सिरहाको लाहान नगरपालिका र सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका, सोलु दूधकुण्ड नगरपालिका, माप्य दूधकोशी गाउँपालिकालाई ५० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको छ ।

हिजो बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले असोज १० देखि १३ गतेसम्मको ठूलो वर्षापछिको बाढी पहिरो तथा डुबानबाट प्रभावित २० जिल्लाका ७१ पालिकालाई तत्काल राहत, पुनर्निर्माण र पुनर्स्थापनाका लागि ४३ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको हो ।

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया