चार महिनामै भारतीय प्रधानमन्त्री माेदीकाे दोस्रो रुस भ्रमणप्रति पश्चिमा देशहरूको चासो

 कात्तिक ३, २०८१ शनिबार ६:२६:५५ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि रुस भ्रमणमा जानु हुने भएको छ । यही अक्टोबर २२ देखि २४ तारिखमा रुसको कजान शहरमा हुने ब्रिक्स सम्मेलनमा भाग लिन उहाँ रुस जान लाग्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।

प्रधानमन्त्री मोदीले चार महिनामै दोस्रो पटक रुसको भ्रमण गर्न लाग्नुभएको हो । उहाँले गएको जुलाईमा पनि रुसको भ्रमण गर्नुभएको थियो । रुस भारतका लागि पेट्रोलियम पदार्थ र हतियारको महत्त्वपूर्ण आपूर्तिकर्ता हो । तर युक्रेन युद्धका कारण रुस पश्चिमा देशहरूसँग टाढा भइरहेको र चीनसँगको बढ्दो सम्बन्धले रुस र भारतबीचको सम्बन्धमा प्रश्न उठाएको छ ।

भारतले युक्रेनमा रुसी युद्धको विरोध गरेको छैन । दुई देशबीचको युद्धको शान्तिपूर्ण समाधानका लागि मध्यस्थता गर्न भारतले प्रस्ताव गर्दै आएको छ । युरोपमा पुराना खरिदकर्ताहरूले छोडेको अवस्थामा भारत रुसी कच्चा पेट्रोलियम पदार्थको मुख्य ग्राहक बनेको छ ।

मोदीको रुस भ्रमणलाई पश्चिमा सञ्चारमाध्यमहरूले प्राथामिकताका साथ चर्चा गरिरहेका छन् ।

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया