रोनाल्डोको गोलमा अल नासरले अल शबाबलाई हरायो

 कात्तिक ३, २०८१ शनिबार ८:४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : अल नासर

काठमाण्डाै – साउदी प्रो लिगमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासरले अल शबाबलाई हराएको छ ।

गएराति अल शबाब स्टेडियममा भएको खेलमा अल नासरले घरेलु टोलीलाई २–१ गोलले हरायो । अल नासरका लागि खेलको ६९ औं मिनेटमा एमेरिक लापोर्टे र खेलको दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरे । अल शबाबले खेलको ९० औं मिनेटमा आत्मघाती गोल उपहार पाएको थियो । खेलको दोस्रो हाफको इन्ज्युरी समयको १३ औं मिनेटमा अल शबाबले पेनाल्टी पाए पनि गोल गर्न सकेन ।

यो जीतसँगै अल नासर ७ खेलमा १७ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । अब शबाब ७ खेलमा १२ अङ्कसहित चौथो स्थानमा छ ।

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया