मलेसियाले श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार ७ सय रिङ्गेट तोक्यो

 कात्तिक ३, २०८१ शनिबार ९:११:४१ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

मलेसिया सरकारले देशका सबै क्षेत्रमा काम गर्ने श्रमिकको नयाँ न्यूनतम तलब बढाएर एक हजार सात सय रिङ्गेट पुर्‍याएको छ ।

मलेसियाली प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमले हिजो संसद्मा पेश गर्नुभएको आउँदो आर्थिक वर्षको बजेटमा श्रमिकको न्यूनतम तलब एक हजार पाँच सयबाट बढाएर एक हजार सात सय रिङ्गेट पुर्‍याउने घोषणा गर्नुभएको मलेसियाको सञ्चारमाध्यम मलायमेलले जनाएको छ । बढेको पारिश्रमिक आउँदो फेब्रुअरी १ देखि कार्यान्वयनमा आउने प्रधानमन्त्री इब्राहिमले बताउनुभयो ।

पाँच जनाभन्दा कम श्रमिक भएको रोजगारदाताले भने आउँदो अगस्ट १ तारिखदेखि नयाँ पारिश्रमिक कार्यान्वयनमा ल्याउनुपर्ने छ । मलेसियाले आफ्ना नागरिक र आप्रवासी श्रमिकबीच न्यूनतम तलब समानरूपमा लागू गर्दै आइरहेको छ ।

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया