‘कहीँ नभएको जात्रा’ हाँडीगाउँमा

 कात्तिक ३, २०८१ शनिबार ९:२०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको हाँडीगाउँमा आज पनि ‘कहीँ नभएको जात्रा’ मनाइँदैछ । कोजाग्रत पूर्णिमाका दिन मूर्ति बाहिर निकालेपछि औपचारिकरूपमा शुरू भएको जात्रा त्यसपछिका तीन दिन मनाइन्छ ।

तीन दिनमध्ये हिजो पहिलो दिनको जात्रामा काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलले जात्राका सांस्कृतिक एवम् सामाजिक क्रियाकलापमा सहभागी हुनुभएकाे थियाे ।

जात्रामा नारायणको भजन गाउँदै खटको गजुर उल्टो पारेर देउतालाई माथि राखेर नगर परिक्रमा गराइन्छ । रथलाई उल्टो घुमाउनु, भगवानलाई श्रद्धापूर्वक मैनको फूल चढाउनु पनि जात्राको विशेषता हो । यस्तै परम्पराका कारण जात्रालाई कहीँ नभएको जात्रा भनिएको हो । जात्राको मौलिक नाम चोकदे नारायणको जात्रा हो । जात्रामा तीन वटा खट हुन्छन् । हाँडीगाउँलाई पूर्व लिच्छवि, वर्मा तथा लिच्छविकालको संस्कृति र सम्पदाका लागि सर्वाधिक प्राचीन स्थानका रूपमा लिने गरिन्छ ।

इसापूर्व दोस्रो शताब्दीको पुरातात्त्विक अवशेष र सांस्कृतिक सम्पदा तथा भवनहरूको जग हाँडीगाउँ क्षेत्रमा भेटिएका छन् । हाँडीगाउँ क्षेत्रबाट चल्ने टुँडालदेवीको जात्रा किराँतकालीन र नारायण जात्रा लिच्छविकालीन भएको मानिन्छ ।

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया