ईपीएलमा आज ७ वटा खेल हुँदै, आर्सनललाई शीर्ष स्थानमा उक्लिने माैका

 कात्तिक ३, २०८१ शनिबार १२:१३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : आर्सनल

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा आज सात वटा खेल हुँदैछन् । आज बेलुकी सवा ५ बजे हुने पहिलो खेलमा टोटेनहम हट्सपुर र वेस्ट ह्याम युनाइटेड खेल्दैछन् । टोटनह्याम तालिकाको नवौं र वेस्ट ह्याम १२ औं स्थानमा छन् ।

यस्तै राति पौने ८ बजे इप्सविच टाउन र एभर्टन खेल्दैछन् । इप्सविच टाउन तालिकाको १७ औं र एभर्टन १६ औं स्थानमा छन् । राति पौने ८ बजे नै म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्ड खेल्दैछन् । युनाइटेड तालिकाको १४ औं र ब्रेन्टफोर्ड ११ औं स्थानमा छन् । यस्तै राति पौने ८ बजे फुलहाम र एस्टन भिला खेल्दैछन् । फुलहम तालिकाको आठौं र एस्टन भिला पाँचौं स्थानमा छन् । यस्तै पौने ८ बजे नै न्युक्यासल युनाइटेड र ब्राइटन खेल्दैछन् । न्युक्यासल तालिकाको सातौं र ब्राइटन छैटौं स्थानमा छन् । यस्तै राति पौने ८ बजे साउथ्याम्पटन र लेस्टर सिटी खेल्दैछन् । साउथ्याम्पटन तालिकाको अन्तिमबाट दोस्रो र लेस्टर सिटी १५ औं स्थानमा छन् ।

यस्तै आज हुने अन्तिम खेलमा राति सवा १० बजे बर्नमाउथ र आर्सनल खेल्दैछन् । आर्सनल तालिकाको तेस्रो र बर्नमाउथ १३ औं स्थानमा छन् । आजकाे खेलमा आर्सनललाई शीर्ष स्थानमा उक्लिने माैका छ । इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल शीर्ष र म्यानचेस्टर सिटी दोस्रो स्थानमा छन् ।

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया