गाजाकाे शरणार्थी शिविरमा इजरायली आक्रमण : ३३ जनाकाे ज्यान गयाे, ‘युद्धविरामको प्रयास निकै कठिन’

 कात्तिक ३, २०८१ शनिबार १२:१२:३७ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

गाजाको उत्तरी क्षेत्र जबालियामा रहेको एक शरणार्थी शिविरमा इजरायलको आक्रमणमा परी ३३ जनाको ज्यान गएको छ । इजरायली आक्रमणमा २१ महिलासहित ३३ जनाको ज्यान गएको हमासका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इजरायली सेनाले विगत केही हप्तादेखि सघन जनसङ्ख्या भएको शिविरमा घेराबन्दी गर्दै आएको थियो । यही हप्ता इजरायली आक्रमणमा हमासका प्रमुख नेता याह्या सिनवार पनि मारिएका थिए ।

यसैबीच युद्धविरामको प्रयासलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनको पछिल्लो वक्तव्य बाहिर आएको छ । बाइडेनले लेबनानमा युद्धविरामलाई लिएर काम गर्ने सम्भावना धेरै रहेको र गाजामा युद्धविरामको प्रयास निकै कठिन रहेको बताउनुभएको खबरमा उल्लेख छ ।

हमास समूहका नेता याह्या सिनवारको मारिएपछि युद्धको अन्त्यको सम्भावना बढे पनि समूहका उपनेताले भने हमास अझ बलियो हुने बताएका छन् । इजरायलले गाजामा हमासविरुद्ध र लेबनानमा हिजबुल्लाहविरुद्ध आक्रमण गरिरहेको छ ।

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया