ढोरपाटनमा यो यामका लागि शिकार शुरू : १२ नाउर, ८ झारल र ११ बँदेलको शिकार गर्न अनुमति

 कात्तिक ३, २०८१ शनिबार १२:२:२४ | रासस
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – ढोरपाटन शिकार आरक्षमा यस यामको शिकार शुरू भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले १२ नाउर, आठ झारल र ११ बँदेलको शिकारका लागि अनुमति दिएकोमा एक जना अस्ट्रेलियाली नागरिकले नाउरको शिकार गरेसँगै यस यामको शिकार शुरू भएको हो ।

आरक्षमा पहिलो शिकार याम असोज–कात्तिक र दोस्रो चैत–वैशाखसम्म हुने गर्छ । निकुञ्जका वरिष्ठ व्यवस्थापन अधिकृत पेम्बा शेर्पाका अनुसार यस याममा चार कम्पनीमार्फत १२ विदेशी शिकारीले शिकारको अनुमति लिएका छन् ।

विभागले शिकार गर्नका लागि न्यूनतम राजस्व निर्धारण गर्ने गरेको हुन्छ । अहिले नाउरको एक लाख ५० हजार, झारलको ७५ हजार र बँदेलको १० हजार रुपैयाँ न्यूनतम राजस्व तोकिएको छ । न्यूनतमभन्दा धेरै बोलपत्र आएमा बढाबढमा शिरको अनुमति प्राप्त गर्ने गर्छन् । यस याममा नाउरको सबैभन्दा बढी १२ लाख ३० हजार र झारलको सात लाख २५ हजार रुपैयाँ कबोल गरिएको अधिकृत शेर्पाले जानकारी दिनुभयो ।

शिकारका लागि अनुमति दिएका नाउर, झारल र बँदेलको गरी यो याममा एक करोड ४५ लाख ९२ हजार चार सय रुपैयाँ राजस्व आम्दानी भएको छ ।

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया