रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल निर्माणको काम तीव्र

 कात्तिक ३, २०८१ शनिबार १५:१८:४० | रासस
unn.prixa.net

तस्बिर : रासस

रामेछाप – रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल निर्माणलाई नेपाली सेनाले तीव्रता दिएको छ । गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बढीले खुर्कोटको झोलुङ्गे पुल र रामेछाप तर्फ पक्की पुल बगाउँदा सडकमार्गको सञ्जाल टुटेको थियो ।

सेनाले बेलिब्रिजको काम तीव्र पारेसँगै रामेछापतर्फको भाग गएको बुधवार नै जोडिएको थियो । पुलको भाग रामेछापतर्फ जोडिएको र त्यसको थप काम सकेर परीक्षण गरी गाडीको आवतजावत गर्न अब तीनदेखि पाँच दिनसम्म लाग्ने नेपाली सेनाले जानकारी दिएको छ ।

पुलमा पाता बिछ्याउने र लेवल मिलाउनेलगायतका काम भइरहेको छ । पुल निर्माण सम्पन्न भए पनि पुल वारी मन्थलीतर्फको झन्डै दुई सय मिटर सडक थप मर्मत नहुँदासम्म सहजै दुईतर्फी गाडी चल्न सक्ने अवस्था छैन ।

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया