नवलपुरको कावासोतीमा जीप दुर्घटना : दुई जनाको ज्यान गयो, २८ जना घाइते

 कात्तिक ३, २०८१ शनिबार १४:४३:५ | रासस
unn.prixa.net

तस्बिर : रासस

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । २८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडाको भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीका लागि छुटेको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाको नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । क्षमताभन्दा धेरै यात्रु बोकेकाले जीप दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया