सुडानमा ३० लाखभन्दा धेरै मानिस हैजाको जोखिममा

 कात्तिक ३, २०८१ शनिबार १५:९:५६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

संयुक्त राष्टसङ्घीय बाल कोष (यूनिसेफ) ले सुडानमा ३० लाखभन्दा बढी मानिसहरु हैजाको जोखिममा रहेको जनाएको छ । यूनिसेफले पाँच वर्ष मुनिका छ लाख बालबालिकासहित झन्डै ३० लाख मानिस हैजाको जोखिममा रहेको सामाजिक सञ्जाल एक्स अर्थात् ट्वीटरमार्फत जनाएको हो ।

युनिसेफका अनुसार सुडानमा सन् २०२३ अप्रिलमा भएको आन्तरिक द्वन्द्वका कारण अत्यावश्यक खोपको उपलब्धता ८५ प्रतिशतबाट घटेर झन्डै ५० प्रतिशतमा झरेको छ । द्वन्द्व प्रभावित क्षेत्रका ७० प्रतिशतभन्दा बढी अस्पतालहरु बन्द रहेको तथा अग्रपङ्क्तीमा रहेर स्वास्थ्य सेवा प्रधान गर्ने स्वास्थ्य अधिकारीलाई महिनौँदेखि तलब भुक्तानी नगरिएको पनि यूनिसेफले जनाएको छ ।

आन्तरिक द्वन्द्व शुरु भएदेखि हैजा, मलेरिया र डेङ्गुु ज्वरोजस्ता महामारी रोगहरू फैलिदा सयौँको ज्यान गएको छ । सुडानको स्वास्थ्य मन्त्रालयले अगस्टमा देशमा हैजाको प्रकोप घोषणा गर्दै द्वन्द्व र अशुद्ध पानीको प्रयोग तथा बिग्रिदो वातावरणीय अवस्था हैजा फैलावटको कारण भनेको थियो ।  

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया