असोजमा श्रम स्वीकृति लिएर ५३ हजार ५ सय २५ जना विदेशिए

 कात्तिक ३, २०८१ शनिबार १८:३६:३१ | रासस
unn.prixa.net

फाइल फाेटाे /रासस

काठमाण्डौ – मुख्य पर्व दशैँ परेको महिना असोजमा पनि वैदेशिक रोजगारीमा जानेको सङ्ख्या उल्लेख्य रहेको छ । वैदेशिक रोजगार विभागकाअनुसार अघिल्लो महिना असोजमा श्रम स्वीकृति लिएर ५३ हजार पाँच सय २५ जना विदेशिएका छन् ।

असोजमा १७ हजार सात सय २४ जना नेपाली यूएई, १० हजार चार सय ६८ जना साउदी, नौ हजार सात सय ९८ जना कतार, तीन हजार आठ सय सात जना कुबेत र एक हजार तीन सय १४ जना मलेसिया गएका छन् ।

यसैगरी असोजमा युरोपेली देशहरु रोमानिया क्रोएशिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको सङ्ख्यामा पनि उल्लेख्य छ । गएको भदौमा ५७ हजार चार सय ९३ जना नेपाली रोजगारीका लागि विदेशिएका थिए ।   

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया