प्रधानमन्त्री नेतन्याहुको निवासलाई लक्षित गरी लेबनानबाट ड्रोन आक्रमण भएको इजरायलको दाबी

 कात्तिक ३, २०८१ शनिबार १८:२४:३७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासलाई लक्षित गरी लेबनानबाट ड्रोन आक्रमण भएको इजरायलले दाबी गरेको छ ।

इजरायलको प्रधानमन्त्री कार्यालयले आज विज्ञप्ति निकालेर नेतन्याहु र उहाँकी पत्नी सारा ड्रोन आक्रमणको समयमा घरमा नभएको तथा घटनामा कुनै पनि क्षति नभएको उल्लेख गरेको छ ।

आज बिहान लेबनानबाट प्रहार भएका अन्य दुई ड्रोन इजरायलको हवाई सुरक्षा निकायले खसालेको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ । 

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया