सावित्रा भण्डारीकाे गाेलमा एन अभान्टकाे पहिलाे जीत

 कात्तिक ४, २०८१ आइतबार ६:२३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली खेलाडी सावित्रा भण्डारी साम्बाकाे गाेलमा एन अभान्ट ग्वेङ्गाम्पले फ्रान्सेली लिगमा सिजनको पहिलो जित हासिल गरेको छ ।

सिजनको पाँचौं खेलमा पहिलो जित हासिल गर्ने क्रममा शनिवार भएकाे खेलमा ग्वेङ्गाम्पले स्ट्रासबर्गलाई ३–२ ले हरायाे । याे खेलमा ग्वेङ्गाम्पका लागि सावित्रा भण्डारीले एक गाेल गरिन् । यस्तै दुई जना खेलाडीले एक/एक गाेल गरे ।

याे जीतसँगै ग्वेङ्गाम्प तीन अङ्कका साथ तालिकाकाे १०औं स्थानमा छ । स्ट्रासबर्ग पाँच खेलमा दुई अङ्कका साथ ११औं स्थानमा छ । १२ टोली सहभागी लिगमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) ५ वटै खेल जित्दै १५ अङ्कसहित शीर्ष स्थानमा छ ।

सावित्रा भण्डारीले नेपालमा चलिरहेकाे महिला साफ च्याम्पियनशिप फुटबलका लागि आज स्वदेश फर्कँदैछिन् ।

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया