जी–सेभेनको रक्षा शिखर सम्मेलन नेपल्समा चल्दै, मध्यपूर्वमा बढेको तनाव र युक्रेनमाथिको दबाबबारे छलफल

 कात्तिक ४, २०८१ आइतबार ६:३५:१६ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

मध्यपूर्वमा तनाव बढेको र युक्रेनमाथि दबाब बढ्दै गएको अवस्थामा जी–सेभेनका रक्षामन्त्रीहरूले वार्ता शुरू गरेका छन् । जी सेभेन राष्ट्रको आलोपालो अध्यक्षता गरेको इटालीले रक्षामन्त्रीस्तरीय पहिलो बैठक दक्षिणी शहर नेपल्समा आयोजना गरेको हो ।

इटालीका रक्षामन्त्री गुइडो क्रोसेट्टोले अन्तर्राष्ट्रिय समुदायले सामना गरिरहेको धेरै द्वन्द्वलाई ख्याल गरेर शिखर सम्मेलनका लागि अनुरोध गरेको बताउँदै सम्मेलनमा मध्यपूर्वमा बढ्दो द्वन्द्वबारे छलफल गर्न पर्याप्त स्थान दिइने बताउनुभयो । युक्रेनको युद्ध, अफ्रिकाको विकास र सुरक्षा तथा एशिया–प्रशान्त क्षेत्रको अवस्था पनि एजेन्डामा रहेको छ ।

इजरायलले सन् २०२३ को अक्टोबर ७ मा गाजामा भएको विनाशकारी जवाफी युद्धका मुख्य योजनाकार हमासका प्रमुख याह्या सिनवारलाई मारेको घोषणा गरेको दुई दिनपछि बैठक हुन लागेको हो ।

जाडोयाममा रुसी सेनाहरू युक्रेनको राजधानी किभ प्रवेश गर्न सक्ने र अमेरिकामा अर्को महिना हुने चुनावमा डोनाल्ड ट्रम्प निर्वाचित भएमा अमेरिकी सैन्य समर्थन घट्ने सम्भावनाबारे पनि बैठकमा छलफल भइरहेको छ ।

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया