रियल मड्रिडले सेल्टा भिगाेलाई हरायाे, बार्सिलाेनासँग अङ्क बराबरी

 कात्तिक ४, २०८१ आइतबार ८:४१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्पेनिस ला लिगा फुटबलमा रियल भालाडोलिड, एथ्लेटिक क्लब, रियल बेटिस, रियल सोसिडाड र रियल मड्रिड विजयी भएका छन् ।

हिजो भएका खेलमा भालाडोलिडले डिपोर्टिभो आल्भेसलाई ३–२ गोलले हरायो । यस्तै एथ्लेटिक क्लबले एस्पान्योललाई ४–१, रियल बेटिसले ओसासुनालाई २–१, रियल सोसिडाडले गिरोनालाई १–० गोलले हरायो ।

यस्तै आज बिहान भएको खेलमा रियल मड्रिडले सेल्टा भिगोलाई २–१ गोलले हरायो । रियल मड्रिडका लागि केलियन एमबाप्पे र भिनिसस जुनियरले गोल गरे ।

ला लिगामा बार्सिलोना ९ खेलमा २४ अङ्कसहित शीर्ष स्थानमा, रियल मड्रिड १० खेलमा २४ अङ्कसहित दोस्रो स्थानमा र एथ्लेटिको मड्रिड ९ खेलमा १७ अङ्कसहित तेस्रो स्थानमा छन् ।

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया