तीन महिनामा थपियाे १ खर्ब ३६ अर्ब रुपैयाँ सार्वजनिक ऋण

 कात्तिक ४, २०८१ आइतबार ९:२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – देशको आम्दानीभन्दा खर्च धेरै भएपछि सार्वजनिक ऋणको आकार बढ्दै गएको छ । नेपालले चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् साउनदेखि असोजसम्ममा तिर्न बाँकी ऋण २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार तीन महिनामा १ खर्ब ३६ अर्ब ३१ करोड रुपैयाँ सार्वजनिक ऋण बढेको छ । जसमा १ खर्ब १५ अर्ब आन्तरिक ऋण र २१ अर्ब ३१ करोड रुपैयाँ बाह्य ऋण थपिएको हो । यस अवधिमा सरकारले ६९ अर्ब रुपैयाँ ऋण तिरेको छ । असोज मसान्तसम्म सावाँ र ब्याज गरेर ८३ अर्ब ७ करोड ८१ लाख रुपैयाँ भुक्तानी भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार विदेशी विनिमयदरमा भएको परिवर्तनले भदौसम्मको तुलनामा असोजमा ५ अर्ब ५८ करोड रुपैयाँले सार्वजनिक ऋण घटेको छ । यस अवधिसम्म सरकारले तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ३६ अर्ब ३० करोड छ भने बाह्य ऋण १२ खर्ब ८६ अर्ब ७३ करोड रुपैयाँ छ । असारसम्म तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड र बाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ थियो ।

सरकारले चालू आर्थिक वर्षमा ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ भने २ खर्ब १७ अर्ब रुपैयाँ वैदेशिक ऋण आउने अनुमान गरेको छ ।

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया