सुनको भाउमा फेरि कीर्तिमान, तोलाको एक लाख ६५ हजार रुपैयाँ पुग्यो

 कात्तिक ४, २०८१ आइतबार १०:५१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । शुक्रवार तोलाको एक लाख ६४ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनकाे याे भाउ अहिलेसम्मकै उच्च हाे । सुनको भाउ शुक्रवार एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेको थियो ।

यस्तै चाँदीको भाउ पनि आज एकैदिन तोलामा ९५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको दुई हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

भाउ बढेपछि अब नेपाली बजारमा सुनका तयारी गहनाको मूल्य तोलाको झन्डै एक लाख ९० हजार रुपैयाँ पुगेको छ । गहनामा व्यवसायीले ज्याला र जर्तीका नाममा थप १२ देखि १८ प्रतिशत शुल्क जोड्छन् । सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारको मूल्य र त्यसमा थप २० प्रतिशत भन्सार शुल्क जोड्छ । बैंक र गहना व्यवसायीको नाफा शीर्षकमा १ प्रतिशत छुट्याइन्छ । त्यसपछि सार्वजनिक मूल्यमा गहना व्यवसायीहरूले १२ देखि १८ प्रतिशत शुल्क लिने गरेका हुन् ।

मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भूराजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिले भाउ बढेको हो ।

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया