वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान

 कात्तिक ४, २०८१ आइतबार १४:३५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान भएको छ । अस्ति शुक्रवारदेखि सफ्टवेयरमा समस्या आएको र आज समस्या समाधान भइ सेवा प्रवाह शुर भएको बोर्डका प्रवक्ता टीकाराम ढकालले जानकारी दिनुभयो ।

सफ्टवेयरमा समस्या आएपछि वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएका तथा अङ्गभङ्ग भएका कामदार र उनीहरुका परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणलगायतको काम रोकिएको थियो । सफ्टवेयरमा समस्या देखिएर सेवा केही प्रभावित भए पनि इमेल तथा भौतिक रूपमा उपस्थित भइ दिएको निवेदन भने सङ्कलन निरन्तर रुपमा भइरहेको उहाँको भनाइ छ ।  

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया