हिजबुल्लाहको गढ मानिएको क्षेत्र खाली गर्न चेतावनीपछि इजरायलबाट बेरुतमा आक्रमण

 कात्तिक ४, २०८१ आइतबार १५:२१:१५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

लेबनानको हिजबुल्लाह समूहको गढ मानिएको क्षेत्र खाली गर्न नागरिकलाई चेतावनीपछि इजरायलको सेनाले बेरुतमा हवाई आक्रमण थालेको छ ।

हिजो मात्रै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो निवासमा आक्रमण गरेर इरान–समर्थित हिजबुल्लाह समूहले हत्याको प्रयास गरेको आरोप लगाउनुभएको थियो । लगत्तै आक्रमणका घटना भएका हुन् ।

आज बिहान एक मस्जिद र अस्पताल नजिकै एक आवाशीय भवनलाई निशाना बनाउँदै बेरुतको दक्षिणी उपनगरमा दुई वटा आक्रमण भएको बीबीसीले जनाएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार गएको सेप्टेम्बर अन्त्यदेखि शुरू भएको युद्धबाट लेबनानमा कम्तीमा एक हजार चार सय ५४ जनाले ज्यान गुमाइसकेका छन् ।

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया