इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र लिभरपुल विजयी

 कात्तिक ५, २०८१ सोमबार ७:३९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

गेटी इमेजेज

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा हिजो भएका खेलमा म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् ।

मोलिनक्स स्टेडियममा भएको खेलमा म्यानचेस्टर सिटीले वुल्भरह्याम्पटन वान्डेरर्स (वुल्भ्स) लाई २–१ गोलले हरायो । यो जीतसँगै सिटी ८ खेलमा २० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । वुल्भ्स ८ खेलमा १ अङ्कसहित पुछारमा छ ।

यस्तै एनफिल्ड स्टेडियममा भएको खेलमा लिभरपुलले चेल्सीलाई २–१ गोलले हरायो । यो जीतसँगै लिभरपुल ८ खेलमा २१ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । चेल्सी ८ खेलमा १४ अङ्कसहित छैटौं स्थानमा छ ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया