मौसम खुलेसँगै तेञ्जिङ हिलारी विमानस्थलमा उडान शुरु

 कात्तिक ५, २०८१ सोमबार १७:३१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – एक हप्तापछि खुम्बु क्षेत्रको मौसम खुलेसँगै तेञ्जिङ हिलारी विमानस्थलमा उडान भएको छ । आज एकै दिन विमानस्थल हुँदै एक हजार एक सय ५५ जना पर्यटक खुम्बु क्षेत्र भित्रिएका तेन्जिङ हिलारी विमानस्थल लुक्लाले जनाएको छ ।

प्रतिकुल मौसमका कारण रामेछापको मन्थली र काठमाण्डौमा रोकिएका पर्यटक हवाई मार्ग हुँदै लुक्ला पुगेका हुन् । यस्तै लुक्लामा रोकिएका साढे पाँच सय भन्दा धेरै पर्यटक मन्थलीमा पुगेका छन् । आज लुक्ला विमानस्थलमा जहाजले ४७ पटक र हेलिकोप्टरले एक सय ३० पटकभन्दा धेरै उडान गरेका छन् ।    

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया