'हङकङ क्रिकेट सिक्सेस' का लागि सन्दीप जोराको कप्तानीमा नेपाली टोली घोषणा

 कात्तिक ७, २०८१ बुधबार ७:८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डाै – ‘हङकङ क्रिकेट सिक्सेस’ का लागि सन्दीप जोराको कप्तानीमा नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप जोराको कप्तानीमा सात सदस्यीय टोली घोषणा गरेको हो ।

नेपाली टोलीमा जोरासँगै नारायण जोशी, प्रतिस जिसी, रशिद खान, लोकेश बम, विवेक यादव र दीपेन्द्र रावत छन् । नेपाली टोलीको प्रशिक्षकमा पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्ल छन् ।

हङकङ क्रिकेट सङ्घको आयोजनामा हुने प्रतियोगिता आउँदो नोभेम्बर १ देखि ३ सम्म हङकङमा हुनेछ । ‘हङकङ क्रिकेट सिक्सेस’ मा नेपाल समूह ‘बी’ मा छ । यो समूहमा अस्ट्रेलिया र इङ्गल्यान्ड पनि छन् । नेपालले पहिलो खेलमा नोभेम्बर १ मा इङ्गल्यान्ड र दोस्रो खेलमा नोभेम्बर २ मा अस्ट्रेलियासँग खेल्नेछ ।

प्रतियोगितामा टेस्ट क्रिकेट खेल्ने ८ सहित १२ वटा टोली छन् । सहभागी टोलीलाई ४ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ३ वटा टोली छन् । यो प्रतियोगिताको हरेक खेल ६÷६ ओभरको हुनेछ र एक टिममा ६ जना खेलाडीले खेल्न पाउनेछन् ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया