अमेरिकाको 'ए' टोलीसँग नेपाल ४ विकेटले पराजित

 कात्तिक ७, २०८१ बुधबार ७:१४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डाै – अमेरिकाको ‘ए’ टोलीसँगको एकदिवसीय अभ्यास खेलमा नेपाल ४ विकेटले पराजित भएको छ ।

नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरिका 'ए' ले २३ ओभर १ बलमा ६ विकेट गुमाएर भेटायो । अमेरिका 'ए' का नितेश रेड्डीले २९ रन बनाए । नेपालका सन्दीप लामिछानेले ४ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल २५ ओभर ३ बलमा ८० रनमा अलआउट भयो । नेपालका कुशल मल्लले १८, देव खनालले १२, भीम सार्कीले १० रन बनाए । यस्तै अनिलकुमार साह शून्य रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाएन सकेनन् । सबैभन्दा धेरै १८ रन बनाए । अमेरिका 'ए' का आरिन नदकर्नीले ४ विकेट लिए ।

अमेरिकामा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–टु अगाडि नेपाल र अमेरिका ‘ए’ बीच अभ्यास खेल भएको हो । अमेरिकामा पर्सि शुक्रवारदेखि कात्तिक १९ गतेसम्म विश्वकप क्रिके लिग–२ अन्तर्गत घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला हुँदैछ ।

यसअघि अमेरिकासँगको तीन खेलको टी–२० शृङ्खला नेपालले 'क्लिन स्वीप' गरेको थियो ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया