टी–२० आईको ब्याटिङ वरियतामा कुशल भुर्तेलको ३१ स्थान सुधार

 कात्तिक ७, २०८१ बुधबार १५:१८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलले टी–२० आईको ब्याटिङ वरियतामा ३१ स्थान सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ वरियतामा कुशल ३१ स्थान सुधारका साथ ९९औं स्थानमा उक्लिएका छन् ।

अस्ति सोमवार अमेरिकासँगको तीन वटा टी–२० आई सिरिज नेपालले क्लिन स्विप गर्दा कुशलले एक अर्धशतक सहित सर्वाधिक एक सय ४२ रन बनाएका थिए । ब्याटिङ वरियतामा कप्तान रोहितकुमार पौडेल चार स्थान सुधार गर्दै ५९ औं र आसिफ शेख दुई स्थान सुधार गर्दै ६९औं स्थानमा छन् ।

टी–२० आईको बलिङ वरियता तर्फ दीपेन्द्रसिंह ऐरी ६२ औं स्थानमा छन् । सोमपाल कामी तीन स्थान सुधार गर्दै ९२औं स्थानमा छन् । अलराउन्डर तर्फ दीपेन्द्रसिंह दोस्रो स्थानमा कायम छन् । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया