एफसी १७ वर्षमुनिको एशियन कप छनोट : नेपालले भोलि बिहान जापानसँग खेल्दै

 कात्तिक ७, २०८१ बुधबार १८:३१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एफसी १७ वर्षमुनिको एशियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा भोलि बिहान साबिक विजेता जापानसँग खेल्दैछ । खेल कतारको दोहामा रहेको हमद बिन खालिफा स्टेडियमा नेपाली समयअनुसार भोलि बिहान पौने ७ बजे शुरु हुनेछ ।

नेपाल र जापान रहेको समूह ‘एफ’मा कतार र मङ्गोलिया पनि छन् । प्रतियोगिताको सबैभन्दा सफल टोली जापानले अघिल्लो वर्षसमेत गरी चारपल्ट उपाधि जितसकेको छ । नेपालले भने अहिलेसम्म तीन पटक छनौट चरण पार गरेर १७ वर्षमुनिको एशियन कप खेलेकोमा तीन पटक नै समूह चरणबाटै बाहिरिएको छ ।  

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया