युरोपेली च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी र बार्सिलोना विजयी

 कात्तिक ८, २०८१ बिहीबार ९:४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – युरोपेली च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले स्पार्टा प्रहलाई ५–० ले पराजित गरेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा सिटीलाई जीत दिलाउन इर्लिङ हाल्यान्डले २, फिल फोडेन र जोन स्टोन्सले समान १ गोल र म्याथ्युस नुनेसले पेनाल्टिमा १ गोल गरे ।

म्यानचेस्टर सिटी ३ खेलमा ७ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा ४ अङ्क रहेको स्पार्टा २१ औँ स्थानमा छ । हिजै भएको अर्को खेलमा  बार्सिलोनाले बायर्न म्युनिखलाई  ४–१ ले हराएको छ ।

जीतपछि बार्सिलोना ३ खेलबाट ६ अङ्क जोड्दै दशौँ स्थानमा पुगेको छ । समान खेलबाट ३ अङ्क जोडेको बायर्न २३ औँ स्थानमा छ । राति नै भएको अन्य खेलमा लिभरपुललले आरबी लाइपजिग र इन्टर मिलानले योङ ब्वाइजलाई समान १–० ले हराएका छन् । 
 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया