चीनले फ्रान्स, जर्मनीलगायत २९ वटा देशका लागि एकपक्षीय भिसामुक्...
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – एएफसी १७ वर्ष मुनिको एशियन कप छनोटमा नेपाल साबिक विजेता जापानसँग पराजित भएको छ । कतारको हमाद विन खालिफा स्टेडियममा गएराति भएको खेलमा नेपाल जापानसँग ९–२ गोलले पराजित भएको हो ।
नेपालका लागि सबिनकुमार लुङगेली मगरले खेलको १२ औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटमा जापानका तानो डाइचीले खेलको १७ औँ मिनेटमा बराबरी गोल फर्काए । उनले चार गोल गरे । पहिलो हाफमा ५–१ ले अगाडी रहेको जापानले खेलको दोस्रो हाफमा थप चार गोल थप्यो । नेपालका विज्ञान खड्काले थप एक गोल गरे ।
समूह ‘एफ’ मा नेपाल रहेको टोलीमा जापानसँगै , कतार, र मङ्गोलिया छन् । नेपालले अब दोस्रो खेलमा भोलि शुक्रवार घरेलु टोली कतारसँग खेल्ने छ । अन्तिम खेल आइतवार मङ्गोलियासँग खेल्नेछ । दुवै खेल दोहाको एसपायर एकेडेमी पिचमा नेपाली समयअनुसार राति साढे ८ बजे हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।