बङ्गलादेशसँगको पहिलो टेस्ट दक्षिण अफ्रिकाले ७ विकेटले जित्यो

 कात्तिक ८, २०८१ बिहीबार १५:१५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्रिकइन्फाे

काठमाण्डाै – बङ्गलादेशसँगको पहिलो टेस्ट क्रिकेट दक्षिण अफ्रिकाले ७ विकेटले जितेको छ ।

बङ्गलादेशले दिएको १ सय ६ रनको लक्ष्य दक्षिण अफ्रिकाले चौथो दिनको खाना समयअघि ३ विकेट गुमाएर भेटायो । दक्षिण अफ्रिकाका टोनी दी जोर्जीले ४१ रन बनाए । बङ्गलादेशका तैजुल इस्लामले ३ विकेट लिए ।

बङ्गलादेशले दोस्रो पारीमा मेहदी हसन मिराज र जेकर अलीको अर्धशतकको मद्दतमा ३ सय ७ रन बनाएको थियो । दक्षिण अफ्रिकाका कागिसो रबाडाले ६ विकेट लिए ।

यसअघि मिरपुरमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली बङ्गलादेश १ सय ६ रनमा अलआउट भएको थियो । बङ्गलादेशका महमुदुल हसन जोएले सबैभन्दा धेरै ३० रन बनाए । दक्षिण अफ्रिकाका कागिसो रबाडा, वीआन मुल्डेर र केशम महाराजले समान ३ विकेट लिए ।

दक्षिण अफ्रिकाले पहिलो पारीमा केले भेरेनेको शतक र वीआज मुल्डेरको अर्धशतकको मद्दतमा ३ सय ८ रन बनाएको थियो । बङ्गलादेशका तैजुल इस्लामले ५ विकेट लिए ।

बङ्गलादेश र दक्षिण अफ्रिकाबीचको दोस्रो तथा अन्तिम टेस्ट आउँदो मङ्गलवारदेखि चत्तोग्राममा शुरू हुनेछ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया