दक्षिण अफ्रिकाका तीव्र गतिका बलर डे लाङ्गाले चितवन राइनोजबाट खेल्ने

 कात्तिक ८, २०८१ बिहीबार १८:३०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मर्स्यान्ट डे लाङ्गाले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । दक्षिण अफ्रिकाका ३४ वर्षीय बलर लाङ्गालाई टोलीमा अनुबन्ध गरेको चितवन राइनोजले जनाएको छ ।

उनले १ सय ५१ टी–२० क्रिकेटमा १ सय ६६ विकेट लिएका छन् । उनले राष्ट्रिय टोलीबाट भने धेरै खेल खेल्ने मौका पाएका छैनन् । मर्स्यान्ट डे लाङ्गाले इन्डियन प्रिमियर लिग (आईपीएल), द हन्ड्रेड, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग लगायतका चर्चित फ्रेन्चाइजी लिग पनि खेलिसकेका छन् ।

चितवन राइनोजमा अनुबन्ध भएपछि उनले विश्वका सबैभन्दा जोशिला समर्थकहरूको अगाडि खेल्न पाउँदा रोमाञ्चित भएको बताएका छन् । यस्तै टोलीका प्रबन्ध निर्देशक आयुश न्यौपानेले अनुभवी विदेशी बलरलाई अनुबन्ध गर्न पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने आठ वटा टोली सहभागी एनपीएल आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ सम्म सञ्चालन हुँदैछ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया