समुद्री आँधी ‘दाना’ को प्रभाव नेपालमा पनि, कोशी र मधेसमा वर्षाको सम्भावना

 कात्तिक ९, २०८१ शुक्रबार ६:४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – समुद्री आँधी ‘दाना’ को प्रभाव नेपालमा पनि पर्न थालेको छ । यसका कारण नेपालको पूर्वी भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मीनकुमार अर्यालले समुन्द्री आँधी ‘दाना’ को प्रभावका कारण कोशी प्रदेश र मधेस प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो ।

पूर्वका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहे पनि देशका अरु ठाउँमा भने मौसम घमाइलो हुने मौसमविद्ले बताएका छन् ।

बङ्गालको खाडीमा केही दिनअघि उत्पन्न भएको यो आँधीको प्रभाव भारतको उडिसा र पश्चिम बङ्गालमा पनि परेको छ ।
 

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया